१५ बैशाख २०८१, शनिबार

एम्नेष्टी ईन्टरनेशनल नेपालको अध्यक्ष पदमा राजन कुईकेल विजयी!


एम्नेष्टी ईन्टरनेशनल नेपालको यही मिति २०७३ साल भाद्र २४–२६ गते पोखरामा सम्मन्न २५ औ वार्षिक साधारण सभामा राजन कुईकेल अध्यक्ष पदमा निर्बाचित हुनुभएको छ ।

यही भाद्र २६ गते बिहानबाट सुरुभएको मतदानमा कुईँकेलले भारी मत प्राप्त गर्नु भएको छ । अध्यक्ष पदका लागी राजन कुईँकेल, भबानी प्रसाद खरेल तथा उत्तम सापकोटा रहनु भएको थियो । त्यस्तै कोषाद्यक्ष पदमा भबकृष्ण खतिओडा निर्बाचित हुनुभएको छ ।

नब निर्बाचित कुईँकेल एआई नेपाल समूह ३९ का संस्थापक, समूहका पूर्व संयोजक, एआई नेपाल राकसका पूर्व सदस्य तथा उपमहासचिव एवं ईमेज च्यानल टेलिभिजनका समाचार सम्पादक समेत हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !