८ मंसिर २०८१, शनिबार

जम्मु काश्मिरः तीन जना प्रहरी जवानको हत्या


Nepalpatra

७ चैत, उधमपुर । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ ।

साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

सिआरपिएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो । (रासस/एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !