१३ आश्विन २०८१, आइतबार

राउत समूहले कानून उल्लङ्घन गरे कानूनी दायरामा ल्याउँछौँ : महान्याधिवक्ता


sike-raut

२८ फागुन, दाङ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उच्च सरकारी वकिल कार्यालय पीडितको अड्डा भएकाले पीडितलाई न्याय र पीडकलाई कानूनी दायरामा ल्याउने कार्यमा थप प्रभावकारी रुपमा काम गर्नेुपर्ने बताउनुभएको छ । उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नयाँ कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले पीडितलाई न्याय दिलाउन मुद्दा गम्भीर भएर अभियोजन, अनुसन्धान भए मात्र अदालतले पीडितका पक्षमा फैसला गर्ने भएकाले तीनवटै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताउनुभयो ।

अर्काे प्रसङ्गमा महान्यायाधिवक्ता खरेलले अविभाज्य तथा अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोजे कानूनी दायरामा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, “ यदि अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोज्छ भने राज्य र अदालतले कानूनी दायरामा ल्याउँछ ।” कानून उल्लङ्घन गरे फेरि पनि उक्त समूहलाई कानूनी दायरामा ल्याइने उहाँले बताउनुभयो ।
सहन्यायाधिवक्ता थलराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले न्यायालय जनताप्रति बफादार हुनुपर्ने बताउनुभयो ।

रु चार करोड ३९ लाख ६५ हजार लागतमा निर्माण भएको उक्त भवन निर्माणको काम विसं २०७४ पुसमा सम्पन्न भएको हो । चार तला रहेको उक्त भवनमा ४३ कोठा रहेको शहरी भवन डिभिजन कार्यालयका प्रमुख परीक्षित कडरियाले बताउनुभयो । उच्च सरकारी वकिल कार्यालयसँगै सत्यनिरुपण तथा मेलमिलाप आयोगको प्रदेश कार्यालय पनि सञ्चालित छ ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नहकुल सुवेदी, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, सहन्यायाधिवक्ता ईश्वरीप्रसाद बञ्जाडे र हरिभक्त पुन मगरलगायतले नयाँ भवन निर्माणसँगै सेवालाई पनि चुस्त बनाउन अनुरोध गर्नुभयो । गर्नुभएको थियो । त्यस अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा कार्यालय सहयोगी बुद्धिराम चौधरीलाई सम्मान गरिएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !