७ बैशाख २०८१, शुक्रबार

दक्षिण कोरिया र ब्रुनाईबीच आर्थिक सहयोग बारे सम्झौता


South Korea Flag

२७ फागुन, बन्दरसेरी बेगवान । दक्षिण कोरिया र ब्रुनाईका नेताहरुबीच सोमबार ब्रुनाईको ऊर्जा उद्योगमा सहयोग विस्तार गर्ने तथा नयाँ प्रविधि क्षेत्रमा साझेदारी बढाउने सहमति भएको छ ।

ब्रुनाईको राजधानीमा आयोजित द्विपक्षीय शिखर बैठकमा उत्तर कोरियाका राष्ट्रपति मून जाए–इन र ब्रुनाईका सुल्तान हसनाल बोल्कियाले विगत ३५ वर्षमा दुबै देशबीच पूर्वाधार र ऊर्जा क्षेत्रमा भएको मैत्रीपूर्ण सम्बन्ध अत्यन्त सकारात्मक रुपमा अघि बढेको मूनको राष्ट्रपतीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“हाम्रा दुई मुलुकबीच धेरै वटा क्षेत्रमा मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध विकास भएको छ । कूटनीतिक सम्बन्ध गाँसिएको ३५ वर्षका अवधिमा दुबै मुलुकबीच पूर्वाधार, ऊर्जा र जनस्तरको सम्बन्ध विकास भएको छ,” राष्ट्रपति मूनले भन्नुभयो ।

राष्ट्रपति मून तीन दिने औपचारिक भ्रमणका सिलसिलामा आइतबार ब्रुनाई आउनुभएको हो । विगत १९ वर्षमा पहिलो पटक राष्ट्रपति मून ब्रुनाई भ्रमणमा हुनुहुन्छ ।

सुल्तान बोलकियाले पनि दुबै मुलुकबीचको सहयोगात्मक सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । कोरिया र ब्रुनाई दुबै दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन (आसियान) का सदस्य राष्ट्र हुन् ।

राष्ट्रपति मूनले यसै वर्षको अन्त्यतिर दक्षिण कोरिया–आसियान शिखर बैठक आयोजना गर्दै हुनुहुन्छ ।

दक्षिण कोरियाले ब्रुनाईबाट वार्षिक करिब १० लाख टन एलएनजी (लिक्वीफाइड न्याचुरल ग्यास) आयात गर्दछ । यो कोरियाको कूल आयातको करिब ४.३ प्रतिशत हो ।

दक्षिण कोरिया र आसियानबीचको द्विपक्षीय व्यापार गत वर्ष एक खर्ब ६० अर्ब डलर पुगेको थियो । कोरियाले व्यापारलाई सन् २०२० सम्ममा दुई खर्ब डलर पु¥याउने लक्ष्य लिएर नयाँ दक्षिणी नीति अघि सारेको छ ।

त्यस अवसरमा, राष्ट्रपति मूनले आणविक अस्त्र रहीत शान्तिपूर्ण कोरियाली प्रायःद्वीप बनाउन ब्रुनाई सहित आसियान मुलुकहरुको सहयोगको अपेक्षा पनि गर्नुभएको थियो । (रासस/योनहाप)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !