१९ असार २०८१, बुधबार

सातै शव शिक्षण अस्पतालमा पुर्याइयो


शिक्षण अस्पताल

१६ फागुन, काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव पोस्टमार्टमका लागि काठमाडौँको शिक्षण अस्पतालमा पुर्याइएको छ । पोस्टमार्टमपछि मात्र शवलाई आफन्तलाई जिम्मा लगाइने छ।

शवहरु विमानस्थलबाट अस्पताल लगिएको हो । शिक्षण अस्पतालमा आफन्त र शुभेच्छुकको भीड बढेको छ। शव बोकेर ताप्लेजुङबाट उडेको हेलिकोप्टर अपराह्न १ बजेर २५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !