१३ असार २०८१, बिहिबार

दुई पत्रकार सम्मानित


Nepalpatra

१५ फागुन, काभ्रेपलाञ्चोक । नेपाल प्रेस युनियनले पत्रकार देवराज केसी र श्रीराम केसीलाई स्व उर्मिला सापकोटा डाँडापारि पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

डाँडापारि क्षेत्रका समस्या एवं विकास निर्माणका विषयमा समाचार प्रकाशन÷प्रसारण गरेको जनाउँदै युनियनद्वारा आज बनेपामा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले पत्रकारद्वयलाई सम्मान गर्नुभएको हो । सम्मानित देवराज नेपाल टेलिभिजन र श्रीराम अन्नपूर्ण पोष्ट दैनिकका जिल्लास्थित प्रतिनिधि हुनुहुन्छ ।

पत्रकारद्वयलाई प्रमाणपत्र, खादा तथा रु पाँच हजार ५५५ ले सम्मान गरिएको हो । सो अवसरमा सञ्चारकर्मीका लागि पत्रकारिता पुरस्कार स्थापनार्थ प्रेरणादायी भूमिका खेलेको जनाउँदै स्व उर्मिलाका बाबु गोपालकृष्ण सापकोटालाई पनि सम्मान गरियो । बेथानचोक गाउँपालिका–१ झिङ्गेडाँडाकी २१ वर्षीया उर्मिलाको स्नातक अध्ययनका क्रममा आठ वर्षअघि ललितपुरको गोट्टीखेलमा बस दुर्घटनामा परी मृत्यु भएको थियो ।

नेपाल प्रेस युनिनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझाले मोफसलमा छापा, श्रव्य, दृष्य र अनलाइन मिडिया बढ्दै गएको तर व्यवस्थापन कमजोर भएको बताउनुभयो । उहाँले युनियन महाधिवेशनको सङ्घारमा रहेको बताउँदै बाँकी काभ्रेपलाञ्चोकलगायत १६ जिल्ला शाखालाई फागुन महीनाभित्र अधिवेशन सक्न निर्देशन दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका जिल्लाध्यक्ष मोतिराम तिमिल्सना, युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, काङ्ग्रेसका जिल्ला सचिवद्वय विदुर बञ्जारा र दिनेश लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाईले सम्मानितलाई बधाई एवं शुभकामना दिनुभएको थियो ।
(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !