१५ आश्विन २०८१, मंगलबार

प्रलेस मकवानपुरमा वन्दना


Nepalpatra

२७ माघ, हेटौँडा । प्रगतिशील लेखक सङ्घ नेपाल, मकवानपुरको आज सातौ जिल्ला सम्मेलनले शान्तिप्रिय वन्दनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबारको सम्मेलनमा उपाध्यक्षमा केशव समर्पण, सचिवमा विशाल अधिकारी, सहसचिवमा चिरञ्जिवी लामिछाने र कोषाध्यक्षमा डिबी बर्तौलालाई चयन गरेको छ । सम्मेलनमा अध्यक्ष आचार्यले संस्थाको कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष नानीमैयाँ विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा प्रलेसका केन्द्रीय उपाध्यक्ष खेम थपलियाले सत्ताधारीलाई जहिले पनि खबरदारी गर्दै सही बाटामा लैजानु लेखक तथा संस्कृतिकर्मीको दायित्व रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष पुरुषोत्तम आचार्य, प्रलेसका केन्द्रीय सदस्य निमेष निखिल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिका ४ का वडाध्यक्ष नवीन सिग्देल, सङ्घका पूर्वध्यक्ष सम्राट् तुम्बाहाङ्फे, जिल्ला सल्लाहकार कौशल पाण्डे, उमाकान्त आचार्य तथा ऋषिराम पोख्रेल, तुलसी घिमिरेलगायतले अब नयाँ कार्यशैलीसहित विचार र कामलाई तिखार्नुपर्नेमा जोड दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !