१२ बैशाख २०८१, बुधबार

बाढीको जोखिम न्यूनीकरणका लागि सामग्री हस्तान्तरण


Nepalpatra

२३ माघ, नेपालगञ्ज । बाढी र डुबानबाट अति प्रभावित बाँकेको डुडुवा गाउँपालिका कार्यालयलाई विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विपद् पूर्वतयारी तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम र आपतकालीन स्वास्थ्य सेवा प्रतिकार्य क्षमता अभिवृद्धि कार्यक्रमको सहयोगमा खोज तथा उद्धार र आपतकालीन स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

गाउँपालिकालाई रु छ लाख बराबरको खोज तथा उद्धार र आपतकालीन स्वास्थ्य सामग्री, रबरबोट र आपतकालीन स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष मदन भुजेल र नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धनसिंह सम्झनाले संयुक्तरुपमा गाउँपालिका अध्यक्ष एवं स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक नरेन्द्रकुमार चौधरीलाई सो सामग्री हस्तान्तरण गर्नु्भयो ।

प्रमुख जिल्ला अधिकारी भुजेलले यस्ता सामग्रीले समयमै खोज तथा उद्धार गरी मानवीय क्षति हुनबाट बचाउनका लागि ठूलो मद्दत पुग्ने बताउनुभयो ।

भन्सार छलेर ल्याएको सामान बरामद

भन्सार छलेर भारतबाट अवैधरुपमा ल्याइएको लाखौँ मूल्यका सामान प्रहरीले नेपालगञ्जमा बरामद गरेको छ ।

गएराति नेपालगञ्ज वडा नं २ मा रहेको एक गोदाम घरमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले छापा मारेर उक्त सामान बरामद गरेको हो ।

गोदामबाट ८०० बोरा चामल र ४८० थान कमिज, सेन्डो गञ्जी एक हजार ४४० र अण्डरवेयर २७ प्याकेट प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक नारायण डाँगीले बताउनुभयो ।

स्थानीय सरिफ सिद्दिकीले सञ्चालन गरेको स्वस्तिक टे«डर्सको नाममा दर्ता भएको उक्त कम्पनीले राजश्व छली गरी नक्कली चामल बिक्री वितरण गर्दै आएको अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । गोदाम सञ्चालक फरार रहेको र उनको खोजी भइरहेको उहाँले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !