१३ आश्विन २०८१, आइतबार

सहसचिवको समायोजन शुरु


office

२१ माघ, काठमाडौँ । सरकारले ६६२ सहसचिवको समायोजनको तयारी शुरु गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

उहाँका अनुसार सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गर्न स्वीकृतका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत हुना साथ मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समायोजनको पत्र दिनुहुनेछ ।

मन्त्रालयले पहिलो चरणमा सङ्घमा सबै सचिवको समायोजन गरिसकेको छ । प्रवक्ता अधिकारीले यसअघि उपसचिव तहको आइतबारदेखि समायोजन गर्ने भनिएता पनि प्राविधिक कारणले मङ्गलबारबाट मात्र शुरु हुने बताउनुभयो ।

फाराम भर्दा प्रयोग गरेको इमेल र पासवर्डका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले नै समायोजनको पत्र प्रिन्ट गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हँुदैछन् । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो ।

उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताउनुभयो । सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनको आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !