१० मंसिर २०८१, सोमबार

सेवा केन्द्रमा तालाबन्दी


Nepalpatra

२० माघ, वीरगञ्ज । सङ्घीय सरकारले ठोरी गाउँपालिका– ५ सुवर्णपुरस्थित सेवाकेन्द्र अन्यत्र सार्ने निर्णय गरेपछि त्यस भेगका तीन हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका छन् ।

माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सुवर्णपुरमा रहेको अस्थायी सेवाकेन्द्र सारेर करीब तीन किलोमिटर पश्चिमको घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सो सेवाकेन्द्र यथावत् राख्न सुवर्णपुर सङ्घर्ष समितिले अनिश्चितकालीन तालाबन्दी गरेको छ । प्रदेश नं २ सरकारको सिफारिशविना सङ्घीय सरकारले सेवाकेन्द्र परिवर्तन गरेकाले सो निर्णय फिर्ता लिनुपर्ने माग राखी तालाबन्दी गरिएको सङ्घर्ष समितिका संयोजक जरीलाल लामाले बताउनुभयो । सडक सुविधा, खानेपानी, बिजुलीलगायत पूर्वाधार नभएको ठाउँमा सेवाकेन्द्र राख्दा सुवर्णपुरवासी मारमा परेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !