१९ असार २०८१, बुधबार

पाँच हजार चल्ला नष्ट


चल्ला

१८ माघ, कलैया । वीरगञ्जबाट नारायणघाट ल्याउँदै गरेको करीब पाँच हजार कुखुराका चल्ला जितपुरको गढीमाई चोकबाट बरामद गरिएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका, जितपुरमा रहेको सशस्त्र प्रहरी बेसक्याम्पले त्यति परिमाणको चल्ला बरामद गरेको हो । गढीमाई चोकमा जाँच गर्दै रहेको अवस्थामा भारतबाट अवैधरूपमा भन्सार छली ब्रोइलर कुखुराको चल्ला आउँदैछ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरीका प्रमुख निरीक्षक रामबहादुर बस्नेतको टोलीले बरामद गरेको हो ।

चल्ला बोकेको ना ५ ख ६५०९ नम्बरको मिनीट्रक र ट्रकलाई सुरक्षा दिँदै आएको ना ६३ प ५९०० नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिइएको निरीक्षक बस्नेतले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बेसक्याम्पको परिसरमा खाल्टो खनी कुखुराको चल्ला पुरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !