११ आश्विन २०८१, शुक्रबार

खानेपानीको समस्या


Water supply

३ माघ, बाजुरा । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर – ५ जेराका ७२ घरधुरीका बासिन्दा खानेपानीको समस्याले पिल्सिएका छन् । बस्तीमा पानीको स्रोत नभएको दुईवटामात्र सार्वजनिक धारामा लाम लाग्दा पनि आवश्यक मात्रामा पानी पाउन नसकिएकाले आफूहरूले समस्या भोग्नु परेको स्थानीयवासी सरजन विकले गुनासो गर्नुभयो ।

बहत्तर घरधुरी दलित परिवार रहेको उक्त गाउँमा पानी खानका लागि मुहानबाट दुईवटा धारा ल्याइएकाले ७२ घरधुरीले विहान–बेलुका लाइनमा बसेर पानी थाप्नु परेकोे अर्का स्थानीयवासी देउले विकले बताउनुभयो । वर्षौदेखि यो समस्या आफूहरूले भोग्दै आएको उहाँको भनाइ थियोे ।

शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत आवश्यकता पूरा गर्न जनप्रतिनिधि चुनिएर आएको डेढ वर्ष बितिसक्दा पनि उनीहरू आफैले गरेको प्रतिज्ञा प्ूरा गर्न बेवास्था गरेकाले यो समस्या आएको स्थानीयवासीको गुनासो छ ।

चुनावमा भोट माग्न आउदा खानेपानीलाई पहिलो प्राथमिकतामा राखेका छौं भनी भोट मागे तर अहिलेसम्म समस्या समाधानका लागि कसैले पनि नबोलेको अर्का स्थानीयवासी सरजन विकले बताउनुभयो । उहाँका अनुसार खानेपानीको जोहो गर्नाका लागि विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म लाइनमै बस्नुपर्ने बाद्यता छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !