८ मंसिर २०८१, शनिबार

सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने


९ पुस, राजविराज । अगामी तीन महीनामा सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका जनप्रतिनिधिसँग राजविराजमा आइतबार गरेको अन्तक्र्रियामा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले प्रदेश नं २ को सप्तरी र महोत्तरीसहित देशको १५ वटा जिल्लामा व्यक्तिगत विवरणसहितको चिप्स कार्ड अर्थात् राष्ट्रिय परिचयपत्र वितरण गर्ने बताउनुभएको छ ।

राष्ट्रिय परिचयपत्र प्रक्रियाका लागि तीन महीना समय लाग्ने भएकाले केही दिनमै कर्मचारी छनोट गरी बताउनुभयो । निर्देशक न्यौपानेले जिल्लाका १६ वर्षदेखि माथि उमेर पुगेका तीन लाख ८४ हजार ७८५ जना नागरिकलाई अबको तीन महीनामा परिचयपत्र वितरण गर्ने जानकारी दिनुभयो ।

जैविक तथा व्यक्तिगत विवरण र विद्युतीय चिप्स एवं सुरक्षासहितको परिचयपत्रमा बायोमेट्रिक प्रणाली प्रयोग गरी राष्ट्रिय परिचय नम्बर उल्लेख भएको कार्ड वितरण गरिने उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७४/०७५ भित्र जिल्लामा नागरिकता प्राप्त गरिसकेका नागरिकको परिचयपत्र बनाइसक्ने लक्ष्य रहेको न्यौपानेको भनाइ थियो ।

नेपालका प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने प्रणालीको विकास गरी नागरिकलाई प्रदान गर्ने उद्देश्य रहेको पनि उहाँले बताउनुभयो ।

नेपाल सरकारले पहिलो चरणका लागि पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरणका लागि छनोट गरिएकामा सो कार्ड वितरण कार्य शुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

गृह मन्त्रालयले विदेशी कम्पनीबाट दुई लाख ५० हजारको क्षमता भएको सर्भर ल्याएको र केही थप सर्भर थपिने गरी तीन महीनाभित्रै परिचयपत्र वितरण कार्यक्रम शुरू गर्ने निर्देशक न्यौपानेले भन्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !