१५ असार २०८१, शनिबार

तालिबान शान्ति वार्ताको लागि गम्भीर भएनन् : अब्दुल्लाह


Nepalpatra

६ मङ्सिर, पेरिस । अफगानिस्तानका प्रधानमन्त्री (जसलाई प्रमुख कार्यकारी भनिन्छ) अब्दुल्लाहले अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरु शान्तिका लागि गम्भीर नरहेको बताउनुभएको छ ।

अफगान सरकार प्रमुख अब्दुल्लाह अब्दुल्लाहले गएको करिब १७ वर्षदेखि युद्धरत तालिबान लडाकू समूह कुनै पनि शान्ति सम्झौताका लागि सहमत नरहेको र यसका लागि कुनै सङ्केत नदेखाएको बताउनुभएको छ ।

अमेरिकाले केही महिनायता अफगानिस्तानका तालिबानहरुलाई शान्ति वार्तामा ल्याउन निकै प्रयत्न गरिरहेको समाचार आइरहेका बेला अफगानिस्तानका सरकार प्रमुखको यो भनाइ आएको छ ।

तालिबानहरुलाई शान्ति वार्तामा ल्याउन अमेरिका मात्र नभएर अफगानिस्तानको सरकारले पनि प्रयत्न गरेको तर उनीहरु भने गम्भीर नभएको प्रधानमन्त्री अब्दुल्लाहले एएफपी समाचार समितिलाई बताउनु भएको हो ।

अब्दुल्लाहले यसै महिनाको शुरुमा तालिबानहरुसँग शान्ति वार्ता हुन सक्ने आशय व्यक्त गर्नुभएको थियो । उहाँले वार्ताका लागि तालिबानहरु तयार हुन सक्ने बताउनुभएको थियो ।

त्यस्तै अफगास्तिानका लागि अमेरिकी विशेष दूतले पनि अफगानिस्तानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनको अघि तालिबानसँगको वार्तामा प्रगति हुने जानकारी दिनुभएको थियो ।

अफगानिस्तानमा आगामी अप्रिल महिनामा राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । सो निर्वाचनको अघि नै शान्ति वार्ताका लागि राष्ट्रपति अस्रफ घानीले पनि प्रयास शुरु गर्नुभएको थियो । तर यता प्रधानमन्त्री घानीको यो आशयबाट यहाँका तालिबानहरु शान्ति वार्ताका लागि तयार नभएको देखिएको छ ।

फ्रान्सको राजधानी पेरिसमा बुधबार एएफपीलाई दिनुभएको अन्तर्वार्तामा उहाँले पछिल्ला समयमा तालिबानलाई शान्ति वार्तामा ल्याउन अफगानिस्तान सरकार, अमेरिका र अरु पनि विदेशी समुदायले प्रयास गरेको खुलासा गर्नुभयो ।

सो अन्तरवार्तामा उहाँले भन्नुभएको छ– हामीले यो कुरा हतार गरेर भनेका छैनौँ तर पनि उनीहरुलाई अध्ययन गर्दा तालिबानहरुले कुनै पनि किसिमको शान्ति वार्तामा बस्ने इच्छा व्यक्त गरेको देखिएको छैन ।

अफगानिस्तानको राजधानी काबुलमा दुई दिनमात्र अघि भएको आत्मघाती हमलामा परी कम्तीमा ५५ जनाको ज्यान गएको थियो । त्यसको एक दिनपछि प्रधानमन्त्रीका तर्फबाट यो अभिव्यक्ति आएको छ ।

इस्लाम धर्मगुरु प्र्रोफेट मोहम्मदको जन्म दिन मनाइरहेका बेला काबुलको एक पार्टी प्यालेसमा तालिबानहरुले हमला गरी यति धेरै नागरिकको ज्यान लिएका हुन् । त्यस नरसंहारको तालिबानले नै जिम्मेजवारी लिएका छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !