३ फाल्गुन २०८२, आइतबार

विवाद मिलाउन सात दिने चेतावनी


Nepalpatra

२८ कात्तिक, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा दिएको छ ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले मङ्गलबार विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैँका लागि अन्त्य गर्न पत्रचार गर्दै सात दिने समयसीमा दिनुभएको हो ।

“केही दिनअघि राखेपको ११०औँ बोर्ड बैठकले विवाद समाधान गरी त्यसको जानकारी अनिवार्यरूपमा उपलब्ध गराउनुपर्ने भनी निर्णय भएको हुँदा छिटो विवाद समाधान गर्न राखेपले निर्देशन दिएको हो”– सदस्य सचिव विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राखेपले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा दुई सङ्घबीचको विवादका कारण जिल्ला तथा प्रदेशबाट खेलाडी छनोटमा समस्या आउने उल्लेख गर्दै दुई तेक्वान्दो सङ्घलाई तत्काल मिल्न निर्देशन दिएको हो । विवाद समाधान नभएसम्म तेक्वान्दोका कुनै पनि प्रतियोगिता तथा छनोट गर्न नसक्ने पनि राखेपले विज्ञप्तिमा उल्लेख गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !