
२६ कात्तिक, ढाका । बङ्लादेशको प्रमुख प्रतिपक्षी दलले अर्को महिना हुने आम निर्वाचन बहिस्कार नगर्ने निष्कर्षमा पुगेको छ ।
बङ्लादेशका प्रधानमन्त्री शेख हसिनालाई चुनौती दिँदै निर्वाचन लड्ने निष्कर्षमा पुगेको विपक्षी पार्टीका नेताहरुले आइतबार जनाएका छन् । विपक्षी पार्टीका अध्यक्ष खालेदा जिया भने भ्रष्टाचारको मुद्दामा हाल कारागारमा हुनुहुन्छ ।
“हामी निर्वाचनमा भाग लिने निर्णयमा पुगेका छौँ,” बङ्लादेश नेसनलिष्ट पार्टी (बिएनपी)का वरिष्ट नेता खण्डाकर मुशर्रफ हुसेनले भन्नुभयो ।
बिएनपी पार्टीले यसअघि सन् २०१४ मा भएको आम निर्वाचन बहिस्कार गरेको थियो । त्यही निर्वाचनले हसिनालाई शक्तिमा पु¥याएको थियो ।
निर्वाचन आयोगले आउँदो डिसेम्बर २३ तारिखका दिन निर्वाचन गर्ने घोषणा गरेको छ ।(रासस/एएफपी)