१९ असार २०८१, बुधबार

हङ्गेरीका जेष्ठ नागरिकको १११ बर्षको उमेरमा निधन


Nepalpatra

२० कात्तिक, बुडापेष्ट । हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ ।

“अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उहाँको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ ।

उहाँ सन् १९०७ मा जन्मिनु भएको हो भने उहाँ किसान हुनुहुन्थ्यो । उहाँका तीन छोराछोरी थिए भने सात जना नातिनातिना र १४ जना पनाती पनातीनी र पाँच खनाती खानातिनी रहेका छन् ।

मुलुककै सवैभन्दा जेष्ठ नागरिक भएकाले उहाँको अन्त्यष्टिको बारेमा अहिले केही जानकारी दिइएको छैन ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !