७ बैशाख २०८१, शुक्रबार

२ सय राउण्ड गोलीसहित ब्यारेकबाट ३ दिनदेखि हराएको हतियार अझै फेला परेन


smg SONY DSC

डोटी, साउन २४ – नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायलको शुरक्षार्थ खटिएको गरुडदल गणको एक टुकडीको हराएको हतियार तीन बितिसक्दा पनि भेटिएको छैन् । सुदूरपश्चिम पृतना दिपायलका अनुसार तीन दिनदेखि खोजी भएपनि हतियार अझै फेला पर्न नसकेको हो ।

हराएको हतियारको छानबिनका लागि काठमाडौंबाट आएको सेनाको एक टोली र सुदूरपश्चिम पृतनाको एक टोलीले संयुक्त रुपमा छानबिन गरेका छन् । पृतना हाताभित्रको पुरै जंगलमा समेत हतियार खोज्न थालिएको सैनिक श्रोतले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिमका नाकाहरुमा सैनिकले कडाइका साथ चेकिङ गरेको छ । श्रोतका अनुसार हतियार राख्ने कोतमा ड्युटीमा खटिएका सैनिकको लापरबाहीले हतियार हराएको भन्दै कोतगार्ड नजरबन्दमा राखिएको छ । यस्तै अहिले कसैलाई घर बिदा तथा बाहिर जान दिइएको छैन । पृतनाका जवानदेखि उच्च सैनिक अधिकारीसम्म सोधपुछ भइरहेको सैनिक श्रोतले जनाएको छ ।

डडेल्लधुराको दहबगरमा तैनाथ रहेको गरुढदल गणको एक टुकडी सुदूरपश्चिम पृतना दिपायलमा सह सेनानी (क्याप्टेन)को कमाण्डमा केही महिना देखि पृतनाको शुरक्षार्थ खटिएको थियो । सैनिक श्रोतका अनुसार टुकडीको सटमेसिन गन (एसएमजी) थान एक र त्यसमा लोडेड दुई वटा म्यागजिनसहित दुई सय भन्दाबढी राउण्ड गोली हराएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !