काठमाडौँ : पोखराको फेवातालमा सोमबार साँझ एउटा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन्। डुङ्गामा ८ जना सवार थिए।
उद्दारमा खटिएका एक प्रहरीका अनुसार उद्दार कार्य जारी छ। डुङ्गा पल्टिए लगत्तै ६ जनाको उद्दार गरिएको थियो। उनीहरुको उपचार भइरहेको छ।
डुङ्गामा सवार यात्रुको परिचय खुलिसकेको छैन। उनीहरु काठमाडौँबाट पोखरा घुम्न आएको हुनसक्ने अनुमान गरिएको छ। (प्रतीकात्मक फोटो)