१९ असार २०८१, बुधबार

सिरियालीको प्राथमिक उपचारका लागि औषधी पु¥याइयो : राष्ट्रसङ्घ


Nepalpatra

१८ कात्तिक, बेरूत, लेबनान । जोर्डनको सीमा क्षेत्रमा शरणार्थीका रूपमा रहँदै आएका विस्थापित सिरियालीको प्राथमिक उपचारका लागि औषधी पु¥याउन एक टोली सफल भएको राष्ट्रसङ्घले शनिबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ तथा सिरियाली अरब क्रिसेन्टका समूहहरूले रूकवान शिविरमा रहेका करिब ५० हजार विस्थापित सिरियालीको मानवीय सहयोगका लागि औषधि, खाद्यान्न, लुगा तथा अन्य अति आवश्यकीय सामग्री जनवरीपछि पहिलो पटक पु¥याउन सफल भएको राष्ट्रसङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घ तथा सिरियाली अरब क्रिसेन्टका समूहहरूले विस्थापितलाई उक्त सामग्रीको वितरण गर्न तीन चारदिन लाग्ने बताएका छन् ।

सिरियामा सन् २०११ पछि शुरू भएको द्वन्द्वमा परी करीब पाँच लाख नागरिकको मृत्यु भएको छ भने झण्डै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेको राष्ट्रसङ्घको तथ्याङ्क छ ।(रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !