२३ बैशाख २०८१, आइतबार

मुद्दा छिनोफानो गर्न मेलमिलाप नीतिलाई प्राथमिकता


tulasipur

१६ कात्तिक, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाकोे न्यायिक समितिमा आएका मुद्दा छिनोफानो गर्न मेलमिलाप नीतिलाई प्राथमिकता दिइएको छ । उक्त समितिमा परेका अधिकांश विवाद मेलमिलापबाटै समाधान गरिँदै आएको विहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त समितिले सहज न्याय र मेलमिलाप नीतिलाई सरल बनाउन अब प्रत्येक वडामा छिट्टै मेलमिलापकर्ता समेत राख्ने तयारी गरिएकोे उक्त समितिका संयोजक माया शर्माले बताउनुभयो ।

‘‘हामीले न्यायलाई सरल र मेलमिलाप नीतिलाई सहज बनाउन इजलास निर्माणदेखि १९ वडाका अध्यक्ष र सचिवलाई तालीम दिएका छौँ, अब स्थानीयस्तरमै मेलमिलाप गराउन केही दिनमै सहजकर्ता राख्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

न्यायिक समितिमा हालसम्म आएका १०१ विवादमा ४३ वटामा मेलमिलाप गरिएको समितिले जनाएको छ । समितिमा सम्बन्ध विच्छेद, घरेलु हिंसा, घरबहाल सम्झौता, निजी जग्गामा अरूले संरचना बनाएको तथा सिमाना विवादका उजुरी परेका थिए । गत आवमा ३५ र यस आर्थिक वर्षमा आठ विवादका मुद्दा मिलापत्रबाट फछर्योट गरिएकोे बताइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !