२ जेष्ठ २०८१, बुधबार

अफगानिस्तानसँगको खेल रद्द


foodball

१४ कात्तिक, काठमाडौं । अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो । तर अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसँगको मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

“प्राविधिक कारणले उनीहरुले नेपालसँगको खेल रद्द गरेको जानकारी एन्फालाई दिएका छन्, थप कुरा बुझ्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो । एन्फाले राष्ट्रिय फुटबल टोलीलाई वर्षभरि व्यस्त राख्न भन्दै विभिन्न देशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तालिका यसअघि सार्वजनिक गरेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !