६ मंसिर २०८१, बिहीबार

अनुदानमा गहुँको बीउ दिइने


gahuu

१४ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । अनुदानको कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारूको संयोजकत्वमा समिति गठन गरिएको छ ।

सहकारी संस्थासँग समन्वय गरेर सिफारिश गरिएको उन्नत जातको गहुँ बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकाको कृषि विकास समितिले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउन सिफारिश गरेको थियो । तिलोत्तमा नगरपालिकामा झण्डै ७०० क्विन्टल गहुँको बीउ आवश्यक पर्ने अनुमान गरिएको छ । अनुदानको बीउ सबै किसानले प्राप्त गर्ने गरी व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !