७ जेष्ठ २०८१, सोमबार

पाकिस्तानको अस्पतालमा बम विस्फोटन, ३० को मृत्यु, ३० घाइते


bomb blast

वेटा (पाकिस्तान), २४ साउन — पाकिस्तानको क्वेटाको एक अस्पतालको आकस्मिक कक्षमा गरिएको विस्फोटमा कम्तीमा ३० जना मारिएका छन् । अन्य ३० जना घाइते भएका छन् ।

हिजो हत्या गरिएका आफ्ना साथीलाई अस्पतालमा भेट्न पुगेका वकिलहरूलाई लक्षित गरी उक्त विस्फोट गरिएको थियो ।

क्वेटाका प्रहरी प्रमुख जहूर अफ्रिदीले सोमवार भएको यो आक्रमणमा ३० जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

एक आत्मघाती आक्रमणकारीले उक्त विस्फोट गराएको बताइएको छ ।

वकिलहरूको समूह आकस्मिक कक्षामा आफ्ना सहकर्मी बिलाल अनवर कासीलाई भेट्न गएका थिए । कासीलाई अज्ञात बन्दुकधारीहरूले गोली हानी हत्या गरेका थिए ।

कासी बलोचिस्तान बार एसोसिएसनका पूर्वअध्यक्ष थिए ।

अस्पतालबाट भाग्ने क्रममा धेरै मान्छे घाइते हुन पुगेको डन पत्रिकाले बताएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार केही पत्रकार समेत यो घटनामा घाइते भएका छन् भने कम्तीमा एकजना क्यामराम्यानको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !