७ मंसिर २०८१, शुक्रबार

भुटानको विज्ञ टोली अलैँची बारीमा


अलैँची

१३ कात्तिक, लमजुङ । भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन/अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न क्षेत्रमा लगाइएको अलैँची बगानमा तीन दिनसम्म रहेन छन् । अ

लैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले उक्त टोलीलाई लमजुङको अलैँचीको बारेमा जानकारी प्रदान गर्नेछ । आधुनिक अलैँची भट्टी निर्माण, बगानमा अलैँची लगाउने तरिका, अलैँचीका प्रकारका बारेमा तीन दिनसम्म बगैँचामा लगी जानकारी गराउने अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

उहाँका अनुसार भुटानका विज्ञ टोलीलाई दुई दिन बगानमै लगी जानकारी गराउने र एक दिन अलैँची प्रशोधनका बारेमा अभिमुखीकरण दिइने छ ।

नेपालमा गरिएको अलैँची खेतीको बारेमा जानकारी लिन १४ जनाको टोली नौ दिनका लागि नेपाल आएको भुटानका कृषि अनुसन्धान केन्द्रका जिग्म सिँङगेले बताउनुभयो । उहाँका अनुसार भुटानबाट आएका १४ जना सबै कृषि क्षेत्रका विद्यार्थी हुन् ।

मस्र्याङ्दी गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको अलैँचीको बारेमा धेरै कुरा सुनेको र नमूना अलैँची बगानको बारेमा जानकारी लिन भुटानबाट नेपाल आएका हौँ । उहाँले भन्नुभयो, “भुटानमा लगाइएको अलैँची र नेपालमा लगाइएको अलैँचीमा थोरै फरक रहेछ ।

भुटानमा हामीले अलैँची सिधै आगोमा सुकाउँछन्, नेपालको तरिका छट्टै रहेछ । नेपालको प्रक्रियाअनुसार अब भुटानमा पनि आधुनिक अलैँची भट्टीको प्रयोग गरी अलैँची सुकाउँछन् ।”

त्यस्तै ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा २५ जनाको टोली लमजुङको अलैँची बगानको अनुगमनमा आएका छन् । उद्योग वाणिज्य सङ्घको नेतृत्वमा लमजुङ आउनुभएका व्यवसायी तथा अलैँची कृषकले सोमबार मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलामा लगाइएको अलैँची बगानको अवलोकन गरेका छन् ।

साविकको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा ताप्लेजुङमा मात्रै वार्षिक दुई हजार ४८० मेट्रिक टन अलैँची उत्पादन हुने गर्छ । चार हजार ५०० हेक्टर क्षेत्रफल जग्गामा अलैँची लगाइएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !