१२ असार २०८१, बुधबार

राष्ट्रपति ओबामाकी कान्छी छोरी रेष्टुरामा वेटरको काम गर्दै


obamas- youngest daughter

साउन २२ । अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी साशा ओबामा ह्वाइट हाउसको ऐस आरामलाई छाडेर  एक अमेरिकी रेष्टुराँमा वेटरको काम गर्छिन् भन्दा तपाईंलाई पत्यार नलाग्ला, तर सत्य यही हो । काम गर्दा सानो भइन्छ भनेर लाज मान्ने नेपाली मानसिकतालाई चुनौती दिएकी छिन अमेरिकी राष्ट्रपतिकी छोरीले । हामीकहाँ ‘ठूलो पद’मा पुगेका मानिसका छोराछोरीले रेष्टुरेण्टमा काम गर्ने कल्पना पनि गर्दैनन्।

बिबिसीमा प्रकाशित समाचार अनुसार, अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी साशा ओबामा व्हाइट हाउसको विलासिता छोडेर एउटा रेष्टुरेष्टमा काम गरिरहेकी छिन् । ओबामाकी १५ वर्षीय छोरी साशाले गर्मीको विदामा म्यासाचुसेट्सको माथा वाइनयार्डमा रहेको एउटा रेष्टुरेण्टमा वेटरको काम गर्न थालेकी हिुन । टेक अवे काम काउण्टरमा काम गर्नुका साथै साशाले टेबलमा ग्राहकलाइ खाना पुगाउने र लञ्चको समयमा रेष्टुरेण्ट मिलाउन समेत सहयोग गर्नुपर्छ । जासुसी विभागका ६ एजेण्ट भने उनको निगरानी गर्ने गर्छन् । ओबामा परिवार यो शहरमा छुट्टी मनाउन आइरहने विविसीले जनाएको छ ।

पश्चिमा देशमा ठूलो हस्ती तथा नेताका छोराछोरीहरुले यस्तो काम गर्नु नौलो कुरा मानिदैन । डेविड र भिक्टोरिया बेकहमका छोरा ब्रुकलिन बेकहम पनि केही समयअघि लण्डनमा एक फिल्ममेकरको कार्यालयमा काम गर्थे । साशाभन्दा अघि उनकी दिदी मालियाले पनि फिल्मको सेटमा दुईपटक इन्टर्नसीपको काम गरेकी थिइन ।  व्हाइट हाउसले भने साशाको कामको बारेमा कुनै टिप्पणी गरेको छैन । मिशेल अ‍ोबामाले आफ्ना छोराछोरीलाई सामान्य तरिकाले हुर्काउन चाहेको बारम्बार बताउँदै आएकी छिन् । टेक अवे काम काउण्टरमा काम गर्नुका साथै साशाले टेबलमा ग्राहकलाइ खाना पुगाउने र लञ्चको समयमा रेष्टुरेण्ट मिलाउन समेत सहयोग गर्नुपर्छ ।

बीबीसीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !