१ मंसिर २०८१, शनिबार

राससकर्मी श्रेष्ठको निधन


मृत्यु

८ कात्तिक, काठमाडौँ । राष्ट्रिय समाचार समितिमा करीब दुई दशकदेखि कार्यरत सवारी चालक चन्द्रलाल श्रेष्ठको आज बिहान निधन भएको छ ।

कलेजोको समस्याले पीडित श्रेष्ठको मीनभवनस्थित निजामती सेवा अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विसं २०२६ मा सिन्धुपाल्चोकको सिपावाडे गाउँमा जन्मनुभएका उहाँका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ ।

श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकोे छ । उहाँको निधनप्रति राससले इमान्दार निष्ठावान् कर्मचारी गुमाएकामा दुःख व्यक्त गरेको छ । नेपाल पत्रकार महासङ्घ रासस शाखा, रासस कर्मचारी युनियन, रासस कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रासस तथा संस्थामा क्रियाशील प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले पनि उहाँको निधनमा दुःख व्यक्त गरेको छ । हाल ललितपुर महानगरपालिकास्थित इमाडोलमा बस्दै आउनुभएका उहाँ रासस कर्मचारी युनियनको कार्यसमिति सदस्य हुनुहुन्थ्यो ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, प्रधानसम्पादक श्याम रिमाल, प्रशासन प्रमुख उत्तम सिलवाललगायत कर्मचारी श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जलिका लागि पशुपतिमा पुग्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !