१२ असार २०८१, बुधबार

महानगरपालिका थप भएका वडामा ढल व्यवस्थापन गर्ने


lalitpur 4

७ कात्तिक, ललितपुर । ललितपुर महानगरपालिकाले थप भएका वडामा ढल व्यवस्थापन गर्ने भएको छ । महागरपालिकामा गाभिएका साविक गाविसमा सडक र त्यस आसपासमा जथाभावी फोहर हुँदा महानगरपालिकाले ढल व्यवस्थापनको योजना बनाएको हो ।

ढल व्यवस्थापनका लागि यस वर्षको बजेटमा रु १० करोड बजेट छुट्टाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । कतिपय नगरका भित्री भाग त धेरै चक्रपथभन्दा बाहिरी भागमा ढल व्यवस्थापन गर्ने महानगरपालिकाको योजना छ ।

नगरका भित्री भागमा अधिकांश स्थानमा ढलको व्यवस्था भए पनि नयाँ थप भएका स्थानमा भने ढलको व्यवस्था छैन । यीमध्ये अधिकांश स्थानमा सडक निर्माण भइरहेको छ । उहाँले भन्नुभयो, “एकातिर सडक निर्माण कार्य भइरहने र अर्कातिर ढल नहुँदा स्थानीयवासी हैरान छन् ।”

महानगरपालिकाले आन्तरिक स्रोतबाट नै ढल व्यवस्थापनका लागि रकम छुट्टाएको हो । कुनकुन स्थानमा बढी आवश्यक छ भन्ने अन्तिम निर्णयका लागि अध्ययन भइरहेको छ । उहाँले भन्नुभयो, “पहिले ढल नै नभएका स्थानलाई बढी प्राथमिकता दिइएको छ भने नगरका भित्री भागमा पनि आवश्यक ठाउँ हेरेर काम हुनेछ ।”

उपमहानगरपालिका हुँदा २२ वडा भएकामा महानगरपालिका भएसँगै २९ वटा वडा भएका छन् । यसअघि थप सात वडामा फोहरमैला सङ्कलन र ढल व्यवस्थापन दुवैमा महानगरपालिकाले काम गरेको थिएन ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !