३ फाल्गुन २०८२, आइतबार

धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना : तिमिल्सिना


ganesh timilshinaaa

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताउनुभएको छ ।

महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा गरीब भएको भन्दै अहिलेको सरकारले देशलाई विकासतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल बहुरङ्गको फूलबारी हो”, तिमिल्सिनाले भन्नुभयो, “अरू देशमा जस्तो धार्मिकयुद्ध नेपालमा नहुनु विश्वलाई सुःखद् सन्देश हो ।” सरकारले नेपालमा भएको प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापन गरी देशलाई समृद्ध बनाउने उहाँको भनाइ थियो ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बागलुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यको समेत उपस्थिति रहेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !