२१ बैशाख २०८१, शुक्रबार

राजेन्द्र महतोको कब्जामा पत्रकार महासंघको कार्यालय


rajendra-mahato

काठमाडौँः राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालय कब्जामा लिएको छ ।

सद्भावना पार्टीले पत्रकार महासंघको कार्यालय कब्जामा लिएर पार्टी कार्यालय स्थापना गरेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघका महासचिव उजिर मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सद्भावना पार्टीले अनाधिकृत रुपमा कब्जामा लिएर पार्टी कार्यालय स्थापना गरेर सञ्चालन गरेको महासंघ सप्तरी शाखाबाट जानकारी पाउँदा महासंघ केन्द्रीय समिति आश्चर्यचकित भएको छ ।’

विज्ञप्तिमा राजनीतिक दलको यो प्रक्रियालाई प्रेस जगतप्रतिको हस्तक्षेपको नमुना भएको उल्लेख गरिएको छ । महासंघले उक्त पार्टी कार्यालय तत्काल हटाई घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग समेत गरेको छ ।

‘नेपाल पत्रकार महासंघ सद्भावना पार्टी र यसको नेतृत्वलाई उक्त कार्यालय तत्काल त्यहाँबाट हटाउन र घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न ध्यानाकर्षण गराउँदछ,’विज्ञप्तिमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !