२६ असोज, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन वडामा बिहीबार राति जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति पु¥याएको छ ।
राति गाउँ प्रवेश गरेका दर्जनौ हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१, २ र १२ नं वडाका धानबालीमा क्षति पु¥याएको सम्बद्ध किसानले बताएका छन् । त्यसैगरी हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा बाढी पीडितका चार टहरा भत्काउनाका साथै यहाँ रहेको सिद्धवैजनाथ माविको पर्खालसमेत भत्काएको छ ।
हात्तीले क्षति पु¥याएपछि आज बिहान सुदूरपश्चिम क्षेत्रका प्रदेशसभा सदस्य लालबहादुर खड्का र शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरसहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।
यहाँस्थित झलारी इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायब निरीक्षक मनोहर चन्दले हात्तीले धानबालीमा पु¥याएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । स्थानीयवासीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीको बथान गाउँ प्रवेश गरेको खबर गरेपछि प्रहरीको टोली राति २ बजेसम्म हात्ती धपाउन खटिएको उहाँले जानकारी दिनुभयो ।
हात्ती धपाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीवासी रातभर खटिएका थिए । यसअघि पनि शुक्लाफाँटा नगरपालिकाका विभिन्न वडामा जङ्गली हात्तीको बथानले स्थानीयवासीको धानबाली र घरमा क्षति पु¥याएको उक्त नगरपालिकाले जनाएको छ ।(रासस)