७ मंसिर २०८१, शुक्रबार

ब्रत बस्दा यी कुरा खानुहोस्


jivitputrika-vrat

हिन्दू परम्परालाई अनुशरण गर्नेहरु विभिन्न देवी–देवताका नाममा ब्रत बस्ने चलन छ । सात वटा बारलाई कुनै न कुनै देवी–देवतासँग जोडेर मान्छेहरु ब्रत बसेका भेटिन्छन् । त्यसो त देवी–देवतामाथि त्यति साह्रो आस्था नराख्नेहरु पनि स्वास्थ्यका खातिर कहिले काहीँ उपबास बस्ने गर्छन् । उपबास बस्दा सँधै खाने गरिएका खानेकुरा खाने चलन हुँदैन । तर, पूर्णरुपमा भोको पेट बस्नु पनि हुँदैन । त्यसैले उपबास बसेका बेला निम्न फलफूल वा खानेकुरा खानु विशेषगरी फाइदाजनक हुन्छः

  • सखरखण्ड

यसमा अत्यधिक फाइबर हुन्छ । जसले तौल घटाउन सहयोग गर्छ । यसमा हुने पोटासियमले तत्काल ऊर्जा दिन्छ । सखरखण्डलाई उसिनेर खानुपर्छ ।

  • केरा

केरामा पनि अत्यधिक पोटासियम र कार्बोहाइड्रेड हुन्छ । धेरै केरा खाँदा शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ । केरा खाँदा उपबासको समयमा कमजोरी रहँदैन । केरालाई सलाद वा लसी बनाएर पनि खान सकिन्छ ।

अनारः अनारले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउँछ। यसमा हुने एन्टिअक्सिडियन्टले शरीरलाई स्फुर्ती दिलाउँछ। उपबास बस्दा अनारलाई जुस बनाएर खानु राम्रो हो।

  • स्याउ

स्याउमा फाइबर र आइरनको मात्रा हुने भएकाले स्याउ खाँदा तत्काल भोक लागेको महसुस हुँदैन । यसले रक्त अल्पताबाट समेत बचाउँछ ।

  • नट्स

काजु, बदाम, पास्ता जस्ता नट्समा पाइने म्याग्नेसियमले दिमागलाई चंगा बनाउँछ । यसले शरीरमा ऊर्जा प्रदान गर्छ ।

  • दही

दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ, जसले पर्याप्त ऊर्जा दिन्छ । उपबासको समयमा दही खाँदा अल्छी र कमजोरी हटाउँछ । दहीमा सखरखण्ड, केरा मिसाएर वा लस्सी बनाएर खान सकिन्छ।

  • काँक्रो

काँक्रोमा अत्यधिक पानीको मात्र हुने भएकाले शरीरलाई डिहाइड्रेड हुनबाट जोगाउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !