७ मंसिर २०८१, शुक्रबार

पूर्वविद्यार्थीद्वारा अक्षयकोष स्थापना


Nepalpatra

१७ असोज, पशुपतिनगर । इलामको सबैभन्दा पुरानो विद्यालय करफोक विद्या मन्दिर माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ । विद्यालयमा अध्ययन गर्नुभएको विद्यार्थी धु्रव अधिकारीले आफ्ना दिवङ्गत बुबा र हजुरबुबाको स्मृतिमा गोपीकृष्ण जीवनहरि शिक्षा पुरस्कारका लागि अक्षय कोष स्थापना गर्नुभएको हो ।

सूर्योदय नगरपालिका ११ निवासी ध्रुव अधिकारी हाल नेपाल विद्युत् प्राधिकरण सङ्खुवासभामा कार्यरत रहनुभएको छ । अधिकारीले गोपीकृष्ण जीवनहरि शिक्षा पुरस्कारको रकम विद्यालयका प्रधानाध्यापक दीनराज निरौलालाई मङ्गलबार हस्तान्तरण गर्नुभएको थियो ।

आधारभूत तहमा अध्ययनरत गरीब असहाय तथा आर्थिक अवस्था कमजोर भएका दुई विद्यार्थीलाई कोषबाट आएको व्याजबाट शैक्षिक सामग्री खरिद गर्नमा सहयोग गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरेको प्रधानाध्यापक निरौलाले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !