७ बैशाख २०८१, शुक्रबार

अमेरिकामा तातो हावाको भरिएको बेलुनमा आगो लाग्दा १६ जनाको मृत्यु


balloon crash

अमेरिकाको टेक्सस राज्यमा तातो हावाको भरिएको बेलुनमा आगो लाग्दा १६ जनाको ज्यान गएको छ ।
अमेरिकी अधिकारीका अनुसार दुर्घंटनामा कसैलाई जीवितनै उद्धार गर्ने सम्भावना छैन ।

अधिकारीहरुका अनुसार दुर्घटना स्थानीय समय अनुसार विहान ७ बजेर ४० मिनेटमा भएको थियो । दुर्घटना के कारणले भयो भन्ने अझै खुल्न सकेको छैन ।एयर बेलुन खेतमा झरेको थियो । दुर्घनास्थल टेक्सासको राजधानीबाट ५० किलोमिटरको दूरीमा रहेको बीबीसीले जनाएको छ ।

baloon_crash

स्थानीय सञ्चार माध्यमहरुमा देखाइएको भिडियोमा एयर बेलुन बिजुलीको तारको नजिकबाट तल खस्दै थियो ।लोकहार्टबाट फक्स न्यूज एजेन्सीका रिपोर्टरले बताए अनुसार एक घण्टाको लागि उडान भरेको उक्त बेलुन आधा घण्टामानै सम्पर्क बिहिन भएको थियो ।एक प्रत्यक्षदर्शीका अनुसार गोली चल्ने जस्तो आवाज आएपछि बेलुनमा आगो लागेको देखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !