७ बैशाख २०८१, शुक्रबार

अनशन तोडेपछी पनि आन्दोलनमा जारी, खराव र भ्रष्ट प्रवृत्तिबरिुद्ध सडकमा डा. केसी


govinda-kc

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले जारी आन्दोलन नरोकिने बताएका छन् । आफूले उठाएका मागको समर्थनमा शनिबार दिउसो भएको प्रदर्शनमा डा. केसीले आफ्नो शान्तिपूर्ण आन्दोलन जारी रहेको स्पष्ट पारे ।

माइतीघरबाट सुरु भएको र्याली बानेश्वर पुगेपछि डा. केसीले संबोधन गर्दै कूशासन विरुद्धको आन्दोलनमा सबैको साथ रहने विश्वास व्यक्त गरे ।

कुनै व्यक्ति विशेषप्रति नभएर आफ्नो आन्दोलन खराव र भ्रष्ट प्रवृत्तिबरिुद्ध भएको उनको भनाइ छ ।

माइतीघरबाट सुरु भएको र्याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएक्को थियो । हजारौंको उपस्थिति रहेको र्यालीमा डा. केसी पनि सहभागी थिए । प्लेकार्ड र व्यानरसहित उपस्थित भएका प्रदर्शकारीहरुले डा केसीको पक्षमा नारा लगाउँदै भ्रष्टाचार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्की विरुद्ध नाराबाजी गरेका थिए ।

dr-kc

अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाएर जिम्मेवारीबाट पदच्यूत गर्नु पर्ने लगायत चार बुँदे माग राखेर १६ दिन आमरण अनशन बसेका डा. केसीले सरकारले अधिकांश माग पूरा गर्ने सहमति जनाएपछि अघिल्लो साता अनशन तोडेका थिए ।

डा. केसीले उठाएका मागमा समर्थन गर्दै काठमाडौं लगायत विभिन्न ठाउँमा दिनहुँ जसो शान्तिपूर्ण प्रदर्शन हुँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !