१२ असार २०८१, बुधबार

आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपालीको क्षमताबारे प्रमले सन्देश दिने


Kp Oli

९ असोज, न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्रीले लोकतन्त्रतर्फको अविचलित निष्ठा तथा प्राथमिकता, आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपाली जनताको रचनात्मक क्षमता तथा समृद्ध तथा सुखी नेपालीको नाराका विषयमा अन्य मुलुकका नेतालाई सन्देश दिन चाहनुभएको बताउनुभएको छ ।

प्रमुख सल्लाहकार रिमालले रासस र नेपाल टेलिभिजनसँग कुरा गर्दै न्यूयोर्कमा प्रधानमन्त्री ओलीले क्यानडाका समकक्षी जस्टिन ट्रुडुसँग भेटवार्ता गरिसक्नुभएको, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको र अन्य केही नेताले उहाँसँग भेट गर्न चाहनुभएको जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीको अमेरिकामा बसोवास गर्ने केही नागरिक समुदायसँग पनि भेट भएको जानकारी दिँदै प्रधानमन्त्रीको नयाँ कार्यक्रम बनेको र समय मिलाउने काम भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँं अधिवेशनमा भाग लिन यहाँ हुनुहुन्छ । उहाँ विभिन्न मुलुकका नेतासँग वार्ता तथा छलफलमा व्यस्त हुनुहुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !