७ असोज, वीरेन्द्रनगर । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावलले विकासका हरेक तहलाई समावेशी बनाउन सकिएमात्रै विकास सम्भव हुने बताउनुभएको छ ।
विकास निर्माणका कामहरु गर्दा हरेक जाति वर्ग र क्षेत्रको समावेशी विना विकास गर्न नसकिने रावलले बताउनुभयो । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित न्याय, समानता र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)को प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री रावलले भन्नुभयो, “समावेशी विना विकास असम्भव छ, विकास निर्माणका हरेक काम गर्दा सबैलाई समावेशी गराउनुपर्छ । (रासस)