१२ असार २०८१, बुधबार

निर्वाध यातायात चल्ने वातावरण बनाउन माग


प्रतिनिधिसभा

७ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्नु हुँदै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गर्नुभयो ।

सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपाङ्गता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्ने, चाडवाडको मुखमा चिनीलगायत खाद्य सामग्रीको अभाव, कालाबजारी नहुनेतर्फ सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !