१२ असार २०८१, बुधबार

जापानमा संविधान दिवस मनाइयो


japan

५ असोज, काठमाडौँ । संविधान दिवसका अवसरमा जापानको टोकियोस्थित नेपाली दूतावासले आज स्वागत समारोहको आयोजना ग¥यो ।

समारोहमा जापान सरकारका विभिन्न निकाय र अन्य सार्वजनिक संस्थाका उच्च पदाधिकारी, जापानका लागि विभिन्न देशका राजदूत तथा नेपाललाई माया गर्ने जापानी नागरिकका साथै जापानमा रहेका नेपाली समुदायको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।

सो अवसरमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले व्यापक सहभागितामा समावेशी, सङ्घीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकाले नेपालको इतिहासमा यो दिन अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

तीन वर्षअघि जारी भएको संविधानबमोजिम व्यापक जनसहभागितामा तीनै तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भई सङ्घीय तथा प्रादेशिक सरकार गठन भएको जानकारी गराउँदै उहाँले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई यथार्थमा परिणत गर्न आर्थिक विकास तथा समृद्धि हासिल गर्ने मूल ध्येयका साथ नेपाल सरकार अघि बढिरहेको बताउनुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !