१२ असार २०८१, बुधबार

संविधान बाहिर रहेर काम गर्नु गलत


Mahendra Bahadur shahi

२६ भदौ, भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय सरकारले संविधान भन्दा बाहिर गएर काम गर्नु गलत अभ्यास भएको बताउनुभएको छ ।

आज रफतसञ्चार क्लबलमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले पोखरमा भएको मुख्य मन्त्रीको भेला समय सापेक्ष नभएको पनि बताउनुभयो । हालै अन्तरप्रदेश परिषद् बैठक अन्तिम समयमा आएर रोकिनु र पोखरा भेलाले तयार पारेको आठबुँदे ऐजेण्डा लिएर मुख्यमन्त्री आउँदा केन्द्रीय सरकारसँग टसल भएको भनी बाहिर सार्वजनिक गर्नु पनि गलत भएको मुख्यमन्त्री शाहीको भनाइ थियो ।

सङ्घीयता कागजमै मात्र लागू भएको र त्यसलाई व्यवहारमा लागू गर्न नसक्दा प्रदेश सरकारले सोचेअनुरुप काम गर्न नसकेकाले विभिन्न क्षेत्रमा जटिलता निम्ताएको उहाँको गुनासो थियो ।

केन्द्रीय सरकारले कर्णाली प्रदेशका लागि आवश्यकता अनुसार बजेट नपठाउँदा विकासको गति रोकिएकाले आन्तरिक स्रोत परिचालनमा प्रदेश सरकार जुटेको तर गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी निकायलाई कर्णली प्रवेश निषेध गरिएको मुख्य मन्त्री शाहीले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !