७ मंसिर २०८१, शुक्रबार

पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै बन्दीपुरको घरबास


Nepalpatra

२६ भदौ, दमौली । पर्यटकीय नगरी बन्दीपुरमा रहेको बन्दीपुर सामुदायिक घरबास त्यहाँ पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परागत रीतिरिवाज, संस्कृति, हावापानी र रमणीयस्थलका कारण उचाईमा अवस्थित बन्दीपुरमा वर्षेनी लाखौ स्वदेशी विदेशी पर्यटक पुग्छन् ।

बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने प्रमुख माध्यममध्ये यहाँ सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे (घरबास) समेत हो । देशका विभिन्न ठाउँबाट बेलाबेला समूह बनाएर आन्तरिक पर्यटक बन्दीपुरको घरबासमा रमाउन आउँछन् ।

बन्दीपुरमा २०६८ सालमा स्थापित घरबासले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको होमस्टे समितिका संस्थापक अध्यक्ष राजु बानियाँले बताउनुभयो । “ घरबासमार्फत् आत्मनिर्भर बन्न र पर्यटकीय गतिविधिसमेत बढाउन योगदान पुगेको छ”, उहाँले भन्नुभयो । बन्दीपुर गाउँपालिका प्रमुख पूर्णसिं थापाले यहाँ सञ्चालित घरबासको प्रवद्र्धनमा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । “होमस्टे बन्दीपुरको चिनारी बनिसकेको छ”, उहाँले भन्नुभयो, “यसको प्रवद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्छ ।”

हाल बन्दीपुरमा २० घरमा घरबास सञ्चालन छ । सरकारीस्तरबाट कुनै सहयोग नभएपछि स्थानीयवासीले आफ्नै पहलमा शुरु गरेका थिए । पारिवारिक, शान्त वातावरण र सुलभ मूल्यमा बस्न पाउने भएकाले आन्तरिक तथा बाह्य पर्यटक होटलमा भन्दा घरबासमा बस्न रुचाउने गरेको होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष दिलकुमारी रानाले बताउनुभयो ।

यहाँका घरबासमा एकैचोटी १०० जनासम्म बस्न मिल्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार होमस्टेमा अर्गानिक खानाको मात्रै प्रयोग गरिनेछ भने वास बस्ने पर्यटकले रु ६५० शुल्क तिर्नुपर्छ । त्यसमा बेलुकाको खाजा, खाना, बिहानको नास्ता समावेश छ । घरबासमा बस्ने पर्यटकलाई परिवारको जस्तै व्यवहार गरिने भएकाले उनीहरु खुशी भएर फर्कने गरेको अध्यक्ष थापाले बताउनुभयो । “होटलमा बस्दा स्वागत र आत्मीयता हुँदैन”, उहाँले भन्नुभयो, “तर घरबासमा बस्ने पर्यटकलाई परिवारजस्तो व्यवहार गर्छौं ।” घरबासमा बस्ने पर्यटकलाई व्यवसायीले लाखे, लोकदोहोरी, चुड्कालगायतका सांस्कृतिक कार्यक्रमसमेत देखाउने गरेका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !