१८ बैशाख २०८१, मंगलबार

अज्ञात समूहद्धारा स्कूल बसमा आगजानी


Ideal-School-ko-bus

काठमाडौं, ६ साउन । काठमाडौंको डल्लुमा अज्ञात समुहले विद्यार्थी सवार एक स्कुल बसमा आगजनी गरेको छ ।

तीन जनाको समूहमा आएको अज्ञात समुहले ललितपुरको भम्सिखेलस्थित आईडियल मोडल स्कुलको बा २ क ४६९ नम्बरको बसमा आगजनी गरेको हो। विद्यार्थी लिन डल्लु पुगेको सो बसमा रहेका विद्यार्थीलाई ओरालेर सो समुहले आगजनी गरेको थियो। आगजनी पछि सो समुहमा रहेका व्यक्तिले बन्दमा किन चलाएको भनी ड्राइभरलाई गाली गलौच गरेका थिए ।

घटनास्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपालको संयुक्त अपील भन्ने पर्चा फेला परेको छ । सो पर्चामा शैक्षिक माफिया विरुद्ध यही ६ गते देखि अनिश्चित कालिन निजि स्कुल बन्द गरौ भन्ने लेखिएको छ।

यसैबीच काठमाण्डौ प्रहरीले घटनामा संलग्न रहेको भन्दै निर्मल मगर र चन्द्र बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी प्रमुख विक्रम सिहं थापाले माओवादी कम्युनिष्ट केन्द्रवादीले घटना गराएको पुष्टि गरे। साथै सो समूहको नेतृत्व गर्ने देवेन्द्र महतोको खोजी भईरहेको पनि थापाले उल्लेख गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !