२ असार २०८१, शनिबार

टर्कीमा सैन्य ‘कु’१७ प्रहरीसहित ४२ को मृत्यु


turkey

टर्कीमा सैनिकहरुको एउटा समूहले सैन्य कु गरी सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ ।शुक्रबार रातीदेखि राजधानी अंकारा र अर्को मुख्य शहर स्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरीएको छ ।

एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका छन् । साथै टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणा समेत गरियो ।

तर, सैनिक कू मा कुन तहका सैन्य जर्नेलको सहभागिता छ भन्ने अहिलेसम्म प्रष्ट हुन सकेको छैन् । टर्कीका प्रधानमन्त्री र राष्ट्रपतिले टर्कीको सत्ता आफ्नो नियन्त्रणमै रहेको र सैनिकहरुको सानो समूहले बिद्रोह गरी सैनिक कूको प्रयास गरेपछि त्यसलाई बिफल बनाउन लागिएको दावी गरेका छन् ।सैन्य कु पछिको भिडन्तमा टर्कीको राजधानीमा ४२ जना सर्वसाधारणले ज्यान गुमाएको डेलिमेलले जनाएको छ ।
turkey army
सरकारी अधिकारीहरुका अनुसार कु गर्न खोज्ने मध्येका केहिलाई गिरफ्तार गरिएको छ । सरकारी समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार सेनाको विशेष दस्ताको मुख्यालयमा १७ प्रहरीको मृत्यु भएको छ ।सीएनएनसँग कुरा गर्दै टर्कीका राष्ट्रपतिले आफु स्तानबुल फर्किन लागेको र त्यहाँ पुगेपछि सवै कुरा नियन्त्रणमा लिने बताए । उनले प्रजातन्त्रका पक्षमा सडकमा उत्रिन टर्कीका जनतालाई आह्वानसमेत गरे ।

प्रधानमन्त्री र राष्ट्रपतिले सत्ता आफ्नो हातमै रहेको भनेपनि सडकमा तैनाथ ठूलो संख्याका सैनिकले मुख्य सामरिक स्थान नियन्त्रणमा लिएका छन् ।संसद भवन, स्तानबुल र आंकाराका बिमानस्थल लगायतका स्थानमा नियन्त्रणमा लिएर बन्द गरिएको छ । स्तानबुल बिमानस्थलका सवै उडान रद्द गरी बिमानस्थल बन्द गरिएको छ ।

Turkey Military Coup
Tanks move into position as Turkish people attempt to stop them, in Ankara, Turkey, early Saturday, July 16, 2016. Turkey’s armed forces said it “fully seized control” of the country Friday and its president responded by calling on Turks to take to the streets in a show of support for the government. A loud explosion was heard in the capital, Ankara, fighter jets buzzed overhead, gunfire erupted outside military headquarters and vehicles blocked two major bridges in Istanbul. (AP Photo)

अचानकको कुको खवरले टर्कीका जनता र अन्तराष्ट्रिय समुदायसमेत अलमलमा परेको बीबीसीले जनाएको छ । स्तानबुल र अंकारामा बिष्फोटका आवाज सुनिएको र कु को बिरोधमा सडकमा उत्रिएकाहरुविरुद्ध सेनाले गोली चलाएको सामाजिक संजालमा स्थानीयवासिन्दाले खवर दिएका छन् ।बिद्रोही सैनिकहरुको समूहको कुको बिपक्षमा रहेका सैनिक जर्नेललाई समेत नियन्त्रणमा लिएर सेनाको कमाण्ड आफ्नो हातमा लिएको बताइएको छ ।

टेलिभिजनमा समाचारवाचकमार्फत् सैन्य कु भएको बक्तब्य पढ्न लगाइएको भए पनि कुन तहको सैनिक नेतृत्वले कु को नेतृत्व गरिरहेको हो भन्ने प्रष्ट हुन सकेको छैन् ।अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले आगामी केही घण्टा टर्कीमा सत्ता आफ्नो नियन्त्रणमा लिन सैनिक र गैरसैनिक पक्षवीच कडा संर्घष हुनसक्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति बराक ओबामासहितका नेताहरुले टर्कीको प्रजातन्त्रका पक्षमा उभिन अन्ततराष्ट्रिय समुदायलाई आह्वान गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !