१२ आश्विन २०८१, शनिबार

लामखुट्टे मार्न विषादी


morang

५ भदौ, मोरङ । उर्लाबारी नगरपालिकाले लामखुट्टे मार्न नगरका सबै वडामा विषादी छर्कन शुरु गरेको छ ।

डेङ्गु, कालाजार, औलो आदि रोकथामका लागि विषादी छर्किने अभियान शुरु गरिएको नगरपालिका स्वास्थ्य शाखाका अधिकृत रेणुकाप्रसाद काफ्लेले जानकारी दिनुभयो । सोमबार वडा नं ५ र ६ का गाउँ टोलमा विषादी छर्किएको उहाँले बताउनुभयो । आज वडा नं ७, भदौ ६ गते वडा नं ४, भदौ ७ गते वडा नं २ र ३ तथा भदौ ८ गते बरगाछीबाट दुर्गापुरी हुँदै आमबारीदेखि पुनः बरगाछीसम्म विषादी छर्किने कार्यक्रम छ ।

विषादी छर्किने दिन दिउँसो ३ देखि ६ बजेसम्म सूचना गर्ने र साँझ ७ बजेदेखि राति १२ बजेसम्म विषादी छर्किने अधिकृत काफ्लेले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !