२२ भाद्र २०८१, शनिबार

वृद्ध चौतारी निर्माण


Nepalpatra

४ भदौ, तेह्रथुम । म्याङलुङ बजारमा वृद्धवृद्धाको जमघट र भलाकुसारीका लागि वृद्ध चौतारी निर्माण गरिएको छ । नगरपालिकाले बजारका वृद्धवृद्धाका लागि सो चौतारी निर्माण गरिदिएको हो ।

बजारको बीच भागमा रहेको रेडक्रस चोक नजिकै रु सात लाखको लागतमा निर्माण गरिएको सो चौतारीले बजार क्षेत्रमा रहेका तथा गाउँबाट बजार आउने वृद्धवृद्धाका लागि जमघट र भलाकुसारी गर्न सहज भएको ज्येष्ठ नागरिक सङ्घका जिल्ला अध्यक्ष केदार ढुङ्गानाले बताउनुभयो ।

चौतारीले वृद्धवृद्धाबीचमा आपसी प्रेम र सद्भाव वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ उक्त चौतरी नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले आइतबार उद्घाटन गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !