२१ बैशाख २०८१, शुक्रबार

शिक्षण अस्पतालमा डा. गोविन्द केसीको पक्ष र विपक्षमा प्रदर्शन


govinda

काठमाडौं, २६ असार — चिकित्सा क्षेत्रमा देखिएका विकृतिविरुद्ध आइतवार अपराह्नदेखि अनशन शुरु गरेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको अनशनविरुद्ध त्रिविकै केही विद्यार्थी र कर्मचारी आन्दोलित भएका छन् ।

अस्पताल बचाउ अभियानको ब्यानरमा उक्त समूहले केसीको अनशनस्थल बाहिर प्रदर्शन गरेको हो । उनीहरूले त्रिवि शिक्षण अस्पताललाई राजनीतिको थलो बनाउन नहुने बताएका छन् । पब्लिक हेल्थमा विषयमा त्रिविमै अध्ययनरत रामकुमार अधिकारीको संयोजनमा विरोधी समूहले प्रदर्शन गरेको हो ।

dr-kc

संयोजक अधिकारीले डा गोविन्द केसीले पनि सर्वोच्च अदालतको निर्णय मान्नुपर्ने बताए । त्यसअघि डा. केसीले आफूले राखेका माग पूरा गर्न सरकार राजी नभएको भन्दै अनशन शुरु गरेका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाएर हटाउन माग गरेका छन् ।

डा. केसीको मागलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको आह्वान गरेपनि डा. केसीले प्रतिनिधि खटाएपनि आफैं वार्तामा बस्न अस्वीकार गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !