२० असार २०८१, बिहिबार

सुशासन तथा अनुगमन समितिको बैठक कोरम नपुगेपछि स्थगित


parliament office

१७ असार, २०७३:- काठमाडौं, महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ।

पूर्व विशिष्टलाई दिइन सेवा सुविधाका विषयमा छलफल गर्न शुक्रबार विहान बोलाइएको समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो। ४७ सदस्यीय समितिमा बैठक सुरु भएको आधा घण्टापछि जम्मा ११ सदस्य उपस्थित भएका थिए।

बैठकमा पूर्व विशिष्टलाई दिइने सेवा सुविधाका विषयमा उपसमितिले बुझाएको प्रतिवेदन पारित गरी सरकारलाई निर्देशन दिने कार्यसूचि थियो।

समिति सदस्यहरुले विषयको गाम्र्भियतालाई बुझ्न नसक्दा बैठकमा कोरम पुगेन,’ समितिका सभापति मोहनसिंह राठोरले भने,‘यस्तो गम्भिर विषयमा समेत बैठकमा सदस्यहरु उपस्थित नहुनु चिन्ताको विषय हो।

सरकारले पूर्व विशिष्टलाई जथाभावी सुविधा दिएको भन्दै समितिले त्यसको अध्ययन गर्न उपसमिति गठन गरेको थियो। उपसमितिले समितिसमक्ष प्रतिवेदन बुझाइ सकेको छ। सो प्रतिवेदनमाथि छलफल गरी पूर्व विशिष्टलाई दिइन सेवा सुविधाका विषयमा सरकारलाई निर्देशन दिने कार्यसूचि भएपनि कोरम नपुगेपछि बैठक नै स्थगित भयो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !