१४ बैशाख २०८१, शुक्रबार

संघीयता निर्देशक समितिको बैठक सम्पन्न


7-pradesh

१७ असार, २०७३:- शुक्रबार पहिलो पटक सिंहदरवारमा संघीयता निर्देशक समितिको बैठक बसेको छ। संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समितिले प्रशासन पुनर्संरचना समितिलाई ठोस खाका पेश गर्न निर्देशन दिएको छ ।

सरकारले तीन महिना पहिले प्रधानमन्त्रीको अध्यक्षतामा ११ सदस्यीय संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समिति गठन गरेको थियो । यसैगरी मुख्यसचिवको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समिति गठन भएको थियो ।

बैठकमा मन्त्रालयहरुको संख्या घटाउने र दरबन्दी कटौती गर्ने विषयमा सामान्य छलफल भएको सामान्य प्रशासन मन्त्री रेखा शर्माले जानकारी दिइन् । आगामी बैठकमा मन्त्रालयको संख्या र कर्मचारीको दरबन्दी कति कायम गर्ने भन्ने विषयमा मस्यौदासहित छलफल हुने मन्त्री शर्माको भनाइ छ ।

नयाँ संविधानमा मन्त्रीहरुको संख्या २५ भन्दा बढी नहुने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !