६ कार्तिक २०८१, मंगलबार

यार्सा टिपेर फर्केका जुम्लाका मुनबहादुर रावल मृत अवस्थामा भेटिए


yarshagumba

१७ असार, २०७३:-जुम्ला, यार्सागुम्बा टिपेर घर फर्केका गज्र्याङ्कोट–२ जुम्लाका ३९ वर्षीय मुनबहादुर रावल मृत अवस्थामा भेटिएका छन् ।

गत जेठ १० गते रावल यार्सा टिप्न मुगुको पाटनतर्फ गएका थिए । उनी असार १० गते मुगुबाट घर फर्केका थिए । असार १२ गते म घर आउँछु, खाना पकाइराख्नु भनी घरमा परिवारलाई जानकारी दिएका उनी बिहीबार गोठीचौर–९ स्थित दुइया भिरको ५०० मिटर तल मृत अवस्थामा भेटिएको प्रहरी नायब निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो ।

यही असार १२ गते नै घर पुग्छु भनेका रावल घरमा नपुगेपछि स्थानीयवासीले खोजी गरेका थिए । उनलाई भेटाउन नसक्दा खोजीका लागि प्रहरीलाई गुहारेका थिए ।

सोही अनुसार खोजतलास गर्दा चार दिनपछि उनको लास भेटिएको प्रहरी नायब निरीक्षक रेग्मीले बताउनुभयो । शव कुहिएको र शवपरीक्षण गर्न नसकिने अवस्थामा रहेकाले बुधबार नै आफन्तलाई बुझाइएको उहाँले जनाउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !