१८ असार २०८१, मंगलबार

किन गर्यो चीनले कोरला नाका ९ दिन अगावै बन्द


korala naka

१६ असार, २०७३:- मुस्ताङ्ग जिल्लाको लोमान्थाङका गाविसमा पर्ने कोरला नाका नजिकै चीनतर्फ भएको व्यापारिक मेलाका लागि असार १ गतेदेखि  २५ दिनका लागि सिमाना खुल्ला गरिएको थियो। सुरक्षाको कारण देखाएर चीनले एकतर्फी रुपमा १६ दिनमै बन्द गरिदिएको छ । किनमेलका लागि लागेको व्यापारिक मेला बिहीबारदेखि पूर्ण रुपमा बन्द भएको छ । आजै साँझ ५ बजेदेखि चीनतर्फको मुलगेटमा ताला लाग्नेछ ।

नेपालीलाई २५ दिन अबधिभर कुनै भिषा आवश्यक नपर्ने गरि नाका खुला गरिएको थियो । यो विषयमा जेठमै दुवै तर्फका सिमा प्रसाशनका अधिकारी, स्थानीय व्यापारी र सुरक्षाकर्मीबीच मौखिक सहमति भएको थियो ।

उक्त सहमतिको आधारमा गत वर्ष एक साता मात्र लाग्ने मेला अबधि बढाएर यसपाली २५ दिनलाई पुर्‍याइएको थियो । तर, दलाई लामाको ‘तस्बिर टाँसेका व्यक्ति र भारतीयमूल’ का केही मानिसको प्रवेश गरेको भन्दै चिनियाँ सुरक्षा अधिकारीले ९ दिन अगावै सिमाना बन्द गरिदिएको व्यापारीहरुले जनाएका छन्।
दलाई लामालाई यस क्षेत्रमा धर्म गुरुको रुपमा श्रद्धा गर्छन् । तर, चिनियाँ अधिकारीहरुले लामाको चेला वा अनुयायी हो भन्ने जानकारी पाउने वित्तिकै सिमाना प्रवेश गर्न दिँदैनन् ।

नेपाली सरकारी अधिकारीलाई भने केहिँ जानकारी नै नदिई नाक बन्द गरीएको थियो, कोरला नाका पर्ने लोमान्थाङका गाविस सचिव ज्ञानेन्द्र विष्ट भन्छन:- ‘खै के कारणले बन्द गरियो, केहि जानकारी नै पाउन सकिएन्।

किनमेलमा स्थानीयको उत्साह भएपनि धेरै कारोबार भने हुन सकेन । नेपाल तर्फको सडक खराब भएको हुँदा ठूला व्यापारीहरु कोरला आउन नसकेको भन्सार कार्यालयले जनाएको छ । चिनियाँ सुरक्षा अधिकारीले सुरक्षामा कडाई गर्न थालेपछि एक साता मात्र किनमेल हुन पायो ।

हरेक व्यक्तिलाई चीनका प्रहरीले खानतलासी गर्न थालेपछि नेपालबाट जानेको संख्यामा निकै कमी भयो । चीनले यो नाकालाई सुरक्षा संम्वेदनशील नाका घोषणा गरेर ३ महिनादेखि चिनियाँ सशस्त्र प्रहरी तैनाथ गरेको छ । तर, नेपालतर्फ भने सिमामा कुनै सुरक्षाकर्मीको उपस्थिती छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !